सुरु भयो ‘डान्सिङ विथ स्टार्स नेपाल’ को दोस्रो एपिसोड लाईभ भिडियो यहाँ हेर्नुस

‘द भ्वाइस अफ नेपाल’,‘हिमालय रोडिज’ जस्ता चर्चित रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को दोस्रो एपिसोड प्रसारण आज भइरहेको छ ।

अघिल्लो साताबाट सुरु भएको कार्यक्रम अब हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टेलिभिजन एच डीमा प्रसारण हुने छ । भने शो को पहिलो सिजन २६ इपिसोडको हुने भएको छ ।

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ। अमेरिकामा हाल २८औं सिजन चलिरहेको छ। यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धी छन्।

गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, रक्षा श्रेष्ठ मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान, प्रशान्त ताम्राकार र फुटबल खेलाडी हरि खड्का प्रतिस्पर्धीको रूपमा रहेका छन्।

एक जना प्रतिष्पर्धीका लागि एकजना कोरियोग्राफर छन् । कार्यक्रमको उद्घोषण सुमन कार्की र मिस नेपाल सदिक्षा श्रेष्ठ गर्दै आईरहेका छन् । निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनाशा बान्तवा राई रहेका छन् ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ। दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछन । विजेताले २५ लाख र गाडी पुरस्कार पाउनेछन ।

भिडियो यहाँ हेर्नुस: