स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज राति विभिन्‍न ६ खेल हुँदै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज राति विभिन्‍न ६ खेल हुँदै छन् । आज हुने खेलमा उपाधि दाबेदार बार्सिलोनाले भिया रियलसँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

बार्सिलोना आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । गत सिजन बार्सिलोनाले अन्तिम समयमा कमजोर बन्दै सिजन गुमाएको थियो । गत सिजन कमजोर भएको बार्सिलोना यो सिजन बालियो बन्‍ने योजनामा छ । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीसँगै एन्टोनी ग्रिजम्यान, अन्सु फातीलगायत उत्कृष्ट खेलाडीहरु साथमा छन् । बार्सिलोनाले यो सिजन केही युवा खेलाडीहरुलाई पनि भित्र्याएको छ । पेड्री, निकोलस जस्ता युवा खेलाडी पनि छन् ।

यता गत सिजन उत्कृष्ट प्रदर्शन गरेको भिया रियल यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । बार्सिलोनाको घरेलु मैदानमा नै उसलाई चुनौती दिने भियारियलको योजना छ । आजै हुन अर्को खेलमा एट्लेटिको मड्रिडले ग्रानाडासँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार ७:४५ मा सुरु हुनेछ । त्यस्तै काडिचले सेभियालाई आतिथ्यता प्रदान गर्नेछ । ओसासुना लेभान्तेसँग भिड्दा इभर र एथ्लेटिक क्लबले प्रतिस्र्धा गर्नेछन् । यता भालाडोलिडले सेल्टा भिगोसँग खेल्नेछ ।