
काठमाडौ। पछिल्लो समय नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच दुरी बढ्दै गइरहेको छ । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि हालसम्म ५ जना विप्लव कार्यकर्ताको मृत्यु भइसकेको छ ।
भोजपुरमा युवा नेता तिर्थ घिमिरे केहि दिन अघि प्रहरीको गोली लागि मारिए । प्रहरीले भने दोहोरो भीडन्त भनेको छ ।
आफ्ना कार्यकर्ताको हत्या गरिएपछि नेकपाका महासचिव विप्लवले हत्या विरुद्ध नेपाल बन्दको कार्यक्रम घोषणा गरेका थिए । बन्दको पूर्वसन्ध्यामा राजधानीमा भएको अकल्पनीय घटनाले नेकपा कार्यकर्तालाई निराश बनाएको छ । विस्फोटमा मृत्यु हुनेमा ४ वटै विप्लवका कार्यकर्ता रहेको प्रहरीले पुस्टि गरेको छ ।
सुकेधाराको घटनामा कालिकोटका २८ वर्षका विभु राम विक भन्ने दिपेन बिक, करिब ४०-४५ वर्षका निरन्तर मल्ल र दाङको बबई नगरपालिकाका ३२-३३ वर्षका गोकुल रानामगरको निधन भएको प्रहरीले जनाएको छ ।
यस्तै अनामनगरमा भएको घटनामा विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य २७ बर्षिय प्रज्ज्वल शाही छन् । प्रहरीले उनीहरुले बम बनाउँदा बनाउँदै मृत्यु भएको बताएपनि विप्लव नेकपाले आधिकारीक धारणा सार्वजनिक गरेको छैन् ।
यसरी घटनाक्रमहरु अगाडी बढिरहँदा सरकारी पक्षले प्रचार युद्ध घनिभुत पारेको विप्लव नेकपाको भनाइ छ । दुई दिन अघि मात्र सेनाका जवान विप्लवले अपहरण गरेको भन्दै समाचार सार्वजनिक भएपछि विप्लवले विज्ञप्ति निकालेरै भ्रमपूर्ण समाचारको खण्डन गरेका छन् । पार्टी प्रतिको जनताको बढ्दो आर्कषणलाई घटाउन विरोधीहरुले अनेकौं प्रोपागान्डा फैलाउने गरेको नेकपाको बुझाई छ ।
पछिल्लो समय विप्लव पुत्र प्रकास चन्दको पुरानो फोटो सामाजिक सञ्जालमार्फत भाइरल बनेको छ । हार्ले डेभिड्सन मोटरसाइकलमा चढेको फोटो केहि बर्ष पहिले उनले फेसबुकमा राखेपछि भाइरल बनाइएको थियो ।
‘विप्लवले चन्दा उठाएर छोरालाई बाइक किने’ भनेर धेरैले प्रचार गरेका थिए । तर, उनले त्यो फोटो मात्र खिचेका थिए । पछिल्लो समय आफ्ना विरुद्ध प्रचार युद्ध धेरै नै भएको भन्दै एक नेताले भने, ‘प्रकाश हाम्रो पार्टीका एक इमान्दार कार्यकर्ता हुन् । उनी स्वास्थ्य संगठनका महासचिव छन् । उनी पार्टीका पुर्णकालिन कार्यकर्ता हुन ।
म्युजियममा राखेको बाइक चडेको फोटो फेसबुकमा २,३ बर्स अगाडि अपलोड गर्दा उनी आलोचित भएका छन ।
के त्यसो भए प्लेन चड्नेहरुले सेल्फी लिएर फोटो अपलोड गर्छन, प्लेन उनिहरुको आफ्नै निजि हो त ? उनले यो बाइक कुदाएको कसैले देखेको छ त ??’