‘उनको प्रिती’ लाई ३० लाख

काठमाण्डौ, गतसाता सार्वजनिक भएको स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरेले ५३ वर्ष अघि कोरेको ‘उनको प्रिती’ बोलको गितलाई तिस लाख भन्दा बढी पटक हेरिएको छ ।

स्व. राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा यहिँ भदौ २९ गते सार्वजनिक भएको गित करिब दुई हप्ता पुग्नैलाग्दा तिस लाख १३ हजारले हेरीसकेका छन् ।

समाचार तयार पार्दासम्म १ लाख ४ हजार लाईक र ६ हजार ४ सय कमेन्ट गरिएको गितको भ्युज बढ्दो क्रममा छ । तपाईको लोकधुन मलाई विशेष लाग्छ भन्दै राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सुम्पेको गित घिमिरेको निधन पछि पनि त्यतिकै सदावहार छ ।

संगीतकार नारायण रायमाझीलाई ‘उनको प्रिती’ दिँदै स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरे

पहिलो पटक २०६० सालमा जगदिश समाल र सपना श्रीले गाउँनु भएको यो गित अहिले भने नेपाल आइडलबाट चर्चा बटुलेका गायक प्रविन वेडवाल र गायिका रचना रिमालले स्वर दिएका छन् ।

गितको भिडियो यहाँ हेर्नुस:

रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको छायांकन तथा संपादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमश: बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गर्नु भएको छ ।

रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको उक्त गितमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।