स्वस्थ बच्चा जन्माउने महिलाको उपयुक्त उमेर कति ?

काठमाडौ। एक स्वस्थ बच्चा जन्माउनका लागि महिलाको एउटा निश्चित उमेर हुन आवश्यक छ । स्वास्थ्यका दृष्टिकोणले आमा बन्नका लागि सबैभन्दा उपयुक्त उमेर २० देखि ३० वर्षलाई मान्ने गरिन्छ । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । यद्यपी ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्ने चिकित्सकहरु बताउंछन् ।

३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ ।

त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुने बताइएको छ । महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ ।

पुरुषको सन्दर्भमा भन्नुपर्दा ढिलो बिहेले पुरुषको प्रजननशक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ ।