‘मिर्मिरे युवा समाज’द्वारा अनाथ बालबालिकालाई खाद्यान्न सामग्री सहयोग

‘मिर्मिरे युवा समाज’द्वारा अनाथ बालबालिकालाई खाद्यान्न सामग्री सहयोग

काठमाडौं, १३ असोज । लामो समयदेखि समाजसेवा गर्दै आएको ‘मिर्मिरे युवा समाज’ले कोठमाडौंको कपनस्थित ‘द ट्वीन अटर्स फाउन्डेशन’ अनाथ आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

मिर्मिरे युवा समाजका अध्यक्ष दीनेश विक्रम श्रेष्ठका अनुसार मंगलबार (आज) ‘फिड द हंग्री नेपाल’को सहयोगमा बालबालिकालाई उक्त खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
कोरोना महामारीको समयमा स्वास्थ्य सतर्कता अपनाएर उक्त खाद्यान्न सामग्रीहरु प्रदान गरिएको जनाइएको छ ।

सोही अवसरमा नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का सचिव रत्न महर्जन पनि अनाथ बालबालिकाहरुलाई सरसफाईका सामग्री प्रदान गरेका थिए । उक्त कार्यक्रममा मिर्मिरे युवा समाजका अध्यक्ष दीनेश बिक्रम शाह र सदस्य कृषा कार्कीको उपस्थिति रहेको थियो ।