वायु सेनाका २ हेलिकप्टर ठोक्किँदा १५ सैनिकको मृ’त्यु

काठमाडौं। अफगानिस्तानमा वायु सेनाका २ हेलिकप्टर आकाशमै एक आपसमा ठो’क्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । दु’र्घटना दक्षिणी हेलमंदको नवा जिल्लामा भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानको टोलो न्यूज टिभीले बुधबार बिहान दिएको सूचनालाई उद्धृत गर्दै सिन्ह्वाले लेखेअनुसार दु’र्घटना मंगलबार राती भएको हो । यो प्रान्तमा विगत केही दिनदेखि तनावको स्थिति छ । द्व’न्द्वग्रस्त क्षेत्रमा कमाण्डो लैजाने र घाइते सुरक्षाकर्मीलाई फर्काउने क्रममा दु’र्घटना भएको बताइएको छ ।

अफगानिस्तानको रक्षा मन्त्रालयले यसबारे कुनै टिप्पणी गरेको छैन ।