मापसे गरी प्रहरीमाथि हा’तपात गर्ने प’क्राउ

भक्तपुरमा प्रहरीमाथि हा’तपात गर्ने एक जना प’क्राउ परेका छन्। मंगलबार राति भक्तपुर नगरपालिका-९ ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक पुरूष पक्राउ परेका हुन्।

प’क्राउ पर्नेमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय विक्रम लिम्बू छन्। लिम्बूले मादक पदार्थ सेवन गरी प्रहरीलाई हा’तपात गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनको बा ८७ प ३९७२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।