ढोका फुटाएर ब’लात्कार प्रयास गर्ने पुरुषको ह’त्या

धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफूमाथि ब’लात्कार प्रयास गर्ने पुरुषको ह’त्या गरेकी छन्।

घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको ह’त्या गरेकी हुन्। लीलबहादुरले ब’लात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खु’कुरी प्र’हार गर्दा उनको मृ’त्यु भएको पाइएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खु’कुरी प्र’हार गरेको बयान दिएकी प्रहरीले जनाएको छ। यता प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा ह’त्या भएको देखिएको एसपी अधिकारीले जानकारी दिए। मृ’तकको श’वलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

राति कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर ब’लात्कार प्रयास गरेको र सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएकी छन्। खु’कुरी प्रहारपछि घाइते भएका लीलबहादुर भागेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा श’व फेला परेको थियो।

३० वर्षीय मृ’तक लीलबहादुर विवाहित हुन तर, श्रीमतीले उनलाई छोडेर करिब एक वर्ष पहिले नै अर्को बिहे गरेकी थिइन्। उनका दुई छोरा छन्। यता, ब’लात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुबई गएका छन्। उनी ११ वर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो।