च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

इस्तानबुल बसाक्सेरको मैदानमा सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमसँग २–१ गोलको पराजय भोगेको हो।

यता बसाक्सेरको जितका लागि डेम्बा बा र इडिन विस्काले १–१ गोल गरे। २ गोलले पछि परेको अवस्थामा युनाइटेडका एन्थोनी मार्सलले गोल गरे पनि खेलमा फर्कन सकेन।

पहिलो हाफमै एक गोलले पछि परेको युनाइटेडले खेल सकिँदा पनि सही नतिजाका साथ हार बेहोर्यो।

लिगमा पहिलो जितसहित बसाक्सेरले तीन अंक जोडेको छ भने पराजित युनाईटेड ६ अंकका साथ समूह एचको शीर्षस्थानमा छ।

सोही समूह अन्तर्गत सम्पन्न अर्को खेलमा साविक उपविजेता पीएसजी जर्मन क्लब आरबी लाइप्जिकसँग २–१ गोलअन्तरले पराजित भएको छ।

डि मारियाले छैटौं मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा पराजित भएको हो। च्याम्पिन्स लिगमा दोस्रोपटक पराजय भोगेको पीएसजी ३ अंकका साथ समूहको तेस्रो स्थानमा छ।

विजयी लाइप्जिकले भने जितसहित ६ अंक बनाएर दोस्रो स्थानमा पकड जमाएको छ। पीएसजी तेस्रो स्थानमा छ भने बसक्सेर पुछारमा छ।

त्यस्तै बुधबार रातिको खेलमा पीएसजीका दुई खेलाडी इड्रिसा गुए र प्रिस्नल किम्बाप्पे रातो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम ९ खेलाडीमा सिमित बनेको थियो।

गुइ ६९ औं मिनेटमा बाहिरिएका थिए भने किम्बाप्पले इन्ज्युरी समयमा रातो कार्ड पाएका थिए।