सन्तान नभएपछि पति-पत्नीबीच झगडा ! घाँटी थिचेर पतिको ह’त्या

सल्यानमा पतिको ह’त्या गरेको आरोपमा एक महिलालाई प्रहरीले प्र’क्राउ गरेको छ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको ह’त्या अभियोगमा उनकै पत्नी ४३ वर्षीया इश्वरी कामीलाई प्रहरीले प’क्राउ गरेको हो।

बुधबार बिहान घरायसी विवादमा पत्नीले घाँ’टी थि’चेर पि’र्काले टाउकोमा प्र’हार गरी पतिको ह’त्या गरेको मृ’तकका बुवाले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। जाहेरीपछि इश्वरीलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

इश्वरीबाट सन्तान नभएको विषयमा पतिपत्नीबीच दिनहुँजसो झगडा भइरहने गरेको स्थानीयले बताएका छन्। जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले पतिको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

आरोपित महिलालाई प’क्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।