
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएको भन्दै आलोचना गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताएका हुन्।
हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन्।