
काठमाडौ । भरतपुरमा एक सुरक्षाकर्मीलाई केही व्यक्तिले पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयास गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्कालाई ड्युटीमै रहेको बेला पेट्रोल छर्किएर आगो लगाइएको हो ।
दुई जना व्यापारीलेले शुक्रबार बिहान १० बजे कर संकलन ढाटमा आगो लगाएर असई खड्कालाई पनि जलाउने प्रयास गरेका हुन् । असई खड्काको उपचार भइरहेको छ ।