
काठमाडौं। मुकुन्द घिमिरे पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल भएका पुरुष हुन् । उनी प्रायजसो विवादित नै हुने गरेका छन् । उनले रवि लामिछानेलाई नराम्रोसँग गाली गरेका छन् । मुकुन्दले रविलाई सारा संसारले आफ्नो भगवान मानेपनि आफूलाई त्यस्तो केही नलाग्ने बताएका छन् । उनले रविले छोराको चाहनामा दोस्रो विवाह गरेको आरोप समेत लगाएका छन् । रविले छोराको लोभमा बहुविवाह गर्दै हिडेको मुकुन्दको भनाई छ । उनले पुत्र नभएका कारण भड्कीएको मात्र बताउँदै रविले बहादुरी देखाउन जरुरी नभएको बताए ।
उनले समाजमा भएका माग्ने समाजसेवी र आफ्नै घरबार विग्रेकाहरुले मात्र रविको सपोर्ट गर्ने गरेको पनि बताए । उनले रविलाई ओभर स्पार्ट हुन खोज्ने गरेको बताएका छन् । उनले सिधैँ रविले भन्दा सामान्य अरु पत्रकारले धेरै संघर्ष गरेर यो क्षेत्रमा आएको हुनुपर्छ भनेका छन् । मुकुन्दले निकै आक्रोशित हुँदै पत्रकार भएर पत्रकारको दायरामा नबसेर फेसबुमा कराउँदै हिड्न जरुरी नभएको भने । रविलाई मात्र नभएर उनले पूर्व मन्त्रीलाई पनि छोडेनन् । उनले पूर्व मन्त्रीले पनि छोराको आशमा अनेक नाटक गरिरहेको बताउँदा सबैलाई अचम्म लाग्न सक्छ ।
उनलाई आजभाली महिलाको उद्धार गर्ने भन्दै सिन्दुर हाल्ने चलन समाजमा भित्रिएको बताएका छन् । उनले उद्धारको नाममा महिलाको ओसारपसार भइरहेको खुलासा गरेका छन् । उनले रविले प्रेस काउन्सिलको कार्डबिना नै काम गर्दै हिडेको भन्दै रविको अपमान गरेका छन् । त्यतिमात्र नभएर उनले रविले फाउण्डेशनको नाममा विदेशीलाई ब्ल्याकमेल गरेर पैसा उठाउने गरेको समेत बताएका छन् । मनि माइडेन्ट भएर रविले देश विदेश घुमिरहेको मुकुन्दले बताए । मुकुन्दले रविको समर्थक पनि उनको लुक्स हेरेर हुने गरेको बताएका छन् भने रविलाई सबैभन्दा ओभर स्पार्ट बन्न खोज्ने पत्रकार भएको पनि बताएका छन् ।
उनले रविको विवाहमा पनि हुनेखाने मान्छे नभएर जोक गर्ने कलाकारहरु, भष्ट्रचारमा मुछिएका हाकिमहरु र राजनीतिमा एक सिटपनि नजित्ने पूर्व राजावादहरु गएर रमाइलो गरेको बताए । मुकुन्दले पछिल्लो समयमा चर्चित बनिरहेका रमेश प्रसाईको बारेमा पनि बोल्न छोडेनन् । उनले रमेशले देख्ने आँखा नभएकाले जे देख्छन् त्यहि बोल्छन् भन्न भ्याएका छन् । रमेशले भनेका प्राय कुरालाई झुट छन् भनेर पनि मुकुन्दले भनेका छन् । उनले रमेशले बोल्ने प्रतिगोगितामा सारा नेपालीलाई पालेका मोदीको बारेमा गलत बोलेर ३ लाख रुपैँया जितेको छन् पनि भने । मुकन्देले आफूलाई भने सत्य बोल्दा बोल्दै बर्बाद भएको व्यक्ति भएको बताएका छन् ।
भिडियोमा हेर्नुहोस् मुकुन्देको आक्रोस :