
काठमाडौं। नेपाल दिन प्रतिदिन झन् बढी ऋणले डुबिरहेको छ । अहिले नेपाल करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ। सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महंगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको छ ।
‘०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँ मुलुक ऋणमा परेको देखिन्छ।
‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजर १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ। त्यसलाई हालको जनसंख्या २ करोड ९५ लाख पाँच सयले भाग गर्दा ३३ हजार रुपैयाँभन्दा वढी देखिएको हो। जुन कहाली लाग्दो स्थिथि हो ।