उखुबारीमा घाँस लिन गएका स्थानीयले देखे डरलाग्दो दृश्य !

काठमाडौं । एक जना पुरुषको शव फेला परेको छ । रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव फेला भेटिएको हो । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो । अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उनको साथबाट पहिचान खुल्ने केही भेटिएको छैन । पोष्टमार्टम रिपोर्ट पछि घटनाका बारेमा कुराहरु खुल्छन् ।’ केही दिन पहिले नै अन्य कुनै ठाउँमा हत्या गरी कसैले शवलाई फालेको आशंका स्थानीयले गरेका छन् । घटनाको बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

यस्तै, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नं. १ स्थित गागलफेदि गाउँमा विद्युत् ट्रान्सफरमरमा परेर एक चितुवाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण दुर्घटनामा परेको संरक्षण अधिकारीहरुको अनुमान छ । करिब एक वर्ष उमेर भएको मृतक चितुवा पोथी हो । मृत चितुवा वन कार्यालयको टोलीले मुचुल्का तयारपारी गोकर्ण जंगलमा गाडेको छ ।