छवि ओझा हस्पिटल भर्ना !

काठमाडौ। नायिका शिल्पा पोखरेल र छवि ओझा विरुद्ध छबिको जेठी श्रीमती हेमाले उजुरी दिए पछि अहिले नागिका शिल्पा पोखरेल अझै सम्म बेखबर रहेकी छिन। उनी कहाँ छिन थाहा भएको छैन । केही स्रोतका अनुसार उनी भोजपुरी फिल्मको सुटिङमा ब्यस्त रहेको बुझिएको छ।

उता निर्माता छवि राज ओझा भने बिरामी परेर हस्पिटल भर्ना भएका छन। उनलाई पनि प्रहरिले खोजी गरि रहदा बिरामी भएको भन्दै हस्पिटल भर्ना भएका हुन। कतिपयले हिरासतमा बस्न पर्छ भनेर हस्पिटल बसेको भन्ने पनि गरेका छन। यद्यपि मान्छे बिरामी नहुने भन्ने हैन। झन यो समयमा धेरै मानसिक तनाबको कारण बिरामी परेको पनि हुन सक्छ।

प्रहरिमा उजुरी परे पछि यश अघिनै प्रहरिले पक्राउ पुर्जी जारी गरि सकेको छ। नायिका शिल्पा र छविको यो बिवादले गर्दा नेपाली कलाकार र नेपाली चलचित्र जगतलाई नै नराम्रो सन्देश गएको भन्ने कतिपयको बुझाई रहेको छ।

बिगत लामो समय देखि संगै बस्दै आएका यी जोडिले कहिले बिहे गरे भन्ने कुरा मिडियामा आएको थिएन। गत साल पुसमा बिवाह दर्ता गरेपछी मात्र उनिहरुको बिहेको राज खुलेको हो। छ महिना पहिले बिहे दर्ता गराएर अहिले शिल्पाले सम्पतिको लागि नाटक गरेकी हो भन्नेहरु पनि धेरै रहेका छन। थप जानकारीका लागि यो भिडियो हेर्नुहोस: