नयाँ वर्षका नयाँ अफरसँगै पुरानै लयमा चन्द्रागिरी ! फोटो फिचर

काठमाण्डौं, कोरोना भाइरसका कारण थलिएका नेपालका पर्यटकीय क्षेत्रहरुमा विस्तारै चहलपहल बढ्न थालेको छ । सरकारले पछिल्लो समय लगाएका केही प्रतिबन्धहरु खुला गरे सँगै पर्यटन क्षेत्रमा पनि चहलपहल सुरु हुन थालेको हो । काठमाडौको आडैमा रहेको चर्चित पर्यटकिय गन्तव्य स्थल चन्द्रागिरी केबलकारमा अहिले विस्तारै पर्यटहरुको संख्या बढ्दो छ ।

महामारी अघि दैनिक पाँच देखि आठ हजारसम्म पर्यटक घुम्ने धार्मिक तथा ऐतिहासिक स्थल चन्द्रागिरी केवलकारमा कोरोनाका कारण केहि समय बन्द भएको थियो । बन्दपछि संचालनमा आएको चन्द्रागिरी केवलकारमा अहिले आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दो छ । गएको साताबाट पर्यटकको आगमनमा केही सुधार आएको पनि व्यवस्थापन पक्षले जनाएको छ । गएको शनिबार मात्रै दुई हजार पाँच सय ८९ जना पर्यटकले केबलकार चढेको र चन्द्रागिरी रिसोर्टका ८० वटा रुमहरु बुक भएका थिए ।

पर्यटक र स्टाफको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पुन:संचालनमा आएको चन्द्रागिरीमा विगतको स्तिथि भन्दा केही सुधार हुँदै गएको केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताउनु भयो । ‘अहिले सार्वजनिक विदाको दिन दुई हजार देखि पच्चीस सय सम्म पर्यटक आउन थालेको, विगतको तुलनामा यो संख्या कम भएपनि लकडाउन पछिको आशा लाग्दो छ’ शाह भन्नुहुन्छ ।

भाडा दर पुरानै कायम

कोरोना पछि कम्पनीले केहि समयको लागि केवुलकारको टिकटको मुल्य प्रतिव्यक्ति रु पाँच सय बनाएको थियो । त्यस समयमा पनि छिटफुट रुपमा धेरैले केबुलकार र भालेश्वर महादेवको मन्दिर दर्शन गरेका थिए ।तर पछिल्लो समय पर्यटन आगमनमामा आएको सुधारको संकेत सँगै कम्पनीले पुरानै भाडादर कायम गरेको छ । १ जनवरी २०२१ देखि प्रतिव्यक्ति सात सय रुपैया पुरानै भाडादर कायम गरेको छ ।

चन्द्रागिरी हिल्सका दुई अफर

नयाँवर्षको आगमन सँगै चन्द्रागिरी हिल्सले पर्यटकहरु माझ दुईवटा अफरहरु ल्याएको छ । जसमध्य चन्द्रा गिरी हेली राइड र चन्द्रागिरी फेस्टिभ अफर रहेका छन् । हेली राइडमा प्रतिव्यक्ति रु. ७५०० तिरेर चन्द्रागिरी, चित्लाङ, मार्खु र कुलेखानी देख्न सकिने छ । चन्द्रागिरी रिसोर्ट होटेलको हेलीप्याड बाट उडेर ४ ठाउँको भिजिट गर्दै त्यहिँ आएर यात्रा टुंगिने छ । हेली राइडको टिकट सस्तो टिकट डट कम वा सिधै मोबाईल (+९७७ ९८८०१८१८०४) बाट पनि लिन सकिने छ । त्यस्तै होटेल तर्फ भने एकदिनको लागि रु ६५०० मा एक जोडी बस्न सक्ने छन् । होटेलमा बस्ने गेष्टहरुलाई बिहानको ब्रेक फाष्ट, चन्द्रागिरी केवुलकार चढ्न र डिलक्स रुम माथि उल्लेखित रकममै उपलब्ध हुने छ ।

१९८१ मा चन्द्रशमशेरको पालामा सरकारी तवरबाट धोर्सिङ्ग–चिसापानी–चन्द्रागिरि रोप–वे संचालन भएपछि चन्द्रागिरिको नयाँ ढंगको चर्चा भएको थियो । त्यसको ९२ वर्षपछि व्यवसायी चन्द्र ढकाललगायत निजी क्षेत्रको ठुलो लगानीमा २०७३ मंसिर ३० देखि चन्द्रागिरि केबलकार सञ्चालनमा आएको हो ।

थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दू धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गर्छन ।चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको अर्को ऐतिहासिक सन्दर्भ छ । काठमाडौं उपत्यकामा चढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।

थप फोटोहरु