बन्दका क्रममा दुईवटा गाडीमा आगजनी, हेटौंडाका चार स्थानमा शंकास्पद वस्तु फेला

हेटौंडा । विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुर गएरातीनै दुईस्थानमा गाडी जलाइएको छ । हेटौंडाका ठाउँ ठाउँमा संकासपद वस्तु राखिएको छ ।

विप्लवको वन्दको पूर्व सन्ध्यामा मकवानपुरको फाखेल हुमाने मन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडीको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

यसैगरी बन्दको पूर्व सन्ध्यामा हेटौंडाको तीन स्थानमा संकासपद् वस्तु राखिएको छ । हेटौंडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकासपद् वस्तु राखिएको प्रहरीले जनाएको छ । संकासपद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ । विप्लव नेनृत्वको नेकपाले यस अघि पनि विभिन्न माग राखेर नेपाल बन्द गर्दै आएको छ । केहि दिन अघि काठमाण्डौँमा आफ्ना नेता माईला लामाको पक्राउ विरुद्ध उनीहरुले कडा आन्दोलन गर्ने बताईएको अवस्थामा यो बन्दको आयोजना गरिएको हो ।