रौतहटमा यस्तो बच्चा जन्मिए पछि पुरै परिवार नै तनाबमा

रौतहट। रौतहटमा मलद्वारनै नभएको बच्चा जन्मिएको छ। ढीमाई नगरपालिका–२, समनपुरकी सुनितादेवी पासवानले सोमबार राती मलद्वारनै नभएको बच्चालाई जन्म दिएकी हुन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सो बच्चालाई जन्म दिएकी उनको स्वास्थ भने ठकि रहेको बताइएको छ ।

बिहान ११ बजेतिर एक्कासि बच्चा छट्पटिएर रुन थालेपछि परिवारले दिसा गर्नका लागि रोएको होला भन्दै हर्न खोज्दा बच्चाको मलद्वार नभएको बताइएको छ । बच्चाको अप्रेशन गर्नुपर्ने बताइएको छ ।

परिवार विपन्न भएकाले पासवान दम्पतीले उपचार खर्च जुटाउन नसकेको र यसका लागी सहयोगको अपिल गरेको बताइएको छ ।बच्चा निरन्तर रोइरहेकाले स्वास्थ्यस्थिति कमजोर बन्दै गइरहेको बताइएको छ ।