प्रधानमन्त्रीको गृह जिल्लामा एनसेलका ३ वटा टावर आगजनी

झापा । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा रहेका एनसेलका ३ वटा टावरमा आगजनी भएको छ।

मंगलवार साँझ भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ।

राति एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। घटनाबारे विस्तृत बिबरण आउन बाँकि छ।