
काठमाडौं । दक्षिण कोरियाली विश्वविद्यालयले प्रधानमन्त्री केपी ओलीलाई मानार्थ विद्यावारिधि’ उपाधि प्रदान गर्दैछ ।
नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आज आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो ।
कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रुपमा आमन्त्रण गरेका छन् ।