यिनै हुन बालक अपहरण गरि हत्या गर्ने भारतीय हत्यारा, प्रहरीले गोलि हानी पक्राउ गरे

वीरगञ्ज। पर्सा प्रहरीले अपहरणपछि बालकको हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न गोली चलाएको छ। वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय बालक करण साहको हत्यामा संलग्न दुई जनालाई पक्रन प्रहरीले गोली चलाएको हो।

बालक हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहको घुँडामा गोली लागेको प्रहरीले पर्सा प्रहरीले जनाएको छ। दुवैको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ।

बालक अपहरण र हत्यामा संलग्न बारा कलैया–११ का रामविनेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। बालक साहको जेठ १० गते अपहरण भएको थियो अपहरणपछि बारा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ।

प्रगतिनगरमै बस्ने विकासले बालकलाई फकाइफुल्याई अपहरण गराएका थिए। बुधबार बिहान बाराको खौराही खोलामा बालकको शव पहिचान भइरहँदा दुवै जना भाग्न खोजेका थिए।