
काठमाडौं । सर्वोच्च अ’दालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको छ ।
आज (मंगलबाबर) न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चमा मु’द्दा परेको थियो ।
स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले गत असोज २८ गते संविधानको अनुसूची ८ मा पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अ’दालतले शीघ्र निक्र्योल हुनुपर्ने बताउँदै आएका थिए ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षण संस्थामा त्यही अनुसार पठन–पाठन भइरहेको छ ।