निर्वाचनपछिको प्रधानमन्त्री श्रीपेच सहितको हुनेछन् (भिडियो)

लेखक एवम् पत्रकार नारायण वाग्ले प्रतिनिधि सभा विघटन विरुद्ध नागरिक आन्दोलनमा सक्रिय रुपमा लागेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा वाग्लेले नागरिक आन्दोलनबारे आफ्नो ब्याख्या सुनाए।

वाग्लले प्रमुख प्रतिपक्षी दलले अहिले प्रधानमन्त्रीको हात समातेको टिप्पणी गरे। अनि नेकपाकै प्रचण्ड र माधव नेपाल समूह निर्वाचन चिन्हका लागि सडकमा पुगेको बताए।

उनले अहिले प्रतिनिधि सभा विघटन सदर भए भविष्यमा कुनैपनि प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नआउने उल्लेख गरे। त्यस्तै न्यायालयले लत्तो छाडे अबको निर्वाचनबाट आउने प्रधानमन्त्री श्रीपेच सहितको हुने टिप्पणी गरे।