उखानटुक्काले हसाउने कमेडी सो होइन हाम्रो अभियान : प्रचण्ड

नेकपाका अध्यक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको आरोप लगाएका छन् ।

नेकपाको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे अाराेप लगाएका हुन् ।

‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि भएको आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं । हामी उखानटुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यत्ति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनमा मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’

समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको आरोप प्रचण्डले लगाएका हुन् ।