जी न्यूजको अन्तर्वार्ता ओलीको नाटक : प्रचण्ड

नेकपाका अध्यक्ष प्रचण्डले भारतबाट जी न्यूजलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिनुलाई नाटकको संज्ञा दिएका छन् ।

एकपछि अर्को विवादित काम गर्दै आएका ओलीले भारतबाट जी न्यूजलाई बोलाएर अन्तर्वार्ता दिनु नाटक भएको बताएका हुन् ।

‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने सोही जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ ।’ नेकपा काठमाडौं भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने ।

संविधान र गणतन्त्र मास्न खोज्ने ओलीमा आफ्नो गल्तीको अलिकति पनि स्वीकारोक्ति नहुनु बिडम्वनायुक्त भएको बताए । कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि कमिलाको प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।