‘मैले ओलीलाई कमरेड नै भन्न छाडेँ’

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षकी नेता तथा बागमती प्रदेशकी इन्चार्ज अष्टलक्षमी शाक्यले आफूहरुले दुख र संघर्ष गरेर ल्याएको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले धावा बोलेको भन्दै कमरेड भन्न छोडेको बताएकी छन्।

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत अगुवा कार्यकर्ता भेलामा बुधबार शाक्यले ६२–६३ मा बलिदान गरेर ल्याएको गण्तन्त्र माथि ओलीले अपहरण र चिरहरण गरेको बताइन्।

ओली पदबाट झर्ने दिन आउन धेरै समय नरहेको उनको जिकिर छ।

नेतृ शाक्यले ओलीमा कम्युनिष्ट आचरण नभएको आरोप समेत लगाइन्।

प्रतिनिधि सभा विघटन विरुद्ध काठमाडौँ तातिसकेको उनको भनाइ थियो। यसैगरी नेकपाकी केन्द्रीय सदस्य सावित्रा भुषालले पनि पौष ५ गतेको प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमपछि नेकपामा दुर्घटना भएको र जसले गर्दा मुलुक संकटमा परेको बताइन्।