जनताको काम छाडेर वडाध्यक्ष म्यूजिक भिडियो सुटिँगमा,भन्छन-‘शाहरुख खानभन्दा पनि बढी व्यस्त छु’

वडाध्यक्षमा निर्वाचित भएपछि वडाको कार्य भन्दा पनि म्यूजिक भिडियो सु’टिँगमा व्यस्त रहेका एक वडाध्यक्षले आफू शाहरुख खानभन्दा पनि बढी व्य’स्त भएको वक्तत्व दिएका छन् । प्रदेश नं. १ को विराटनगर महागरपालिका वडा नं. ६ का वडाध्यक्ष विजय कामतले सरकारी लोगो सहितको वडा कार्यालयको फेसबुक पेज बनाएर आफ्नो म्यूजिक भिडियोको प्रचार प्रसार गरिएको देखिएको छ। वडाध्यक्ष कामतले कार्यालयको काम छा’डेर गीत छायांकनमा व्यस्त रह्ने गरेको आ’रोप पटक पटक लाग्ने गरेको छ।

वडाका एकजना वडा सदस्यले समेत सुरुवाती समयदेखि नै वडाअध्यक्षको यहि र’वैया रहेको जानकारी गराए । उनले जनताको काम कहिले पनि अध्यक्ष कामतको प्राथमिकतामा नपरेको जानकारी दिए । उनले अध्यक्ष कामतले प्रायः जसो गीतको छायांकनमा सरकारी गाडीको प्रयोग गर्ने गरेको समेत बताए। सोही क्रममा सोमबार पनि वडाको काम गराउन पुगेका स्थानीयहरु वडा अध्यक्ष कामत कार्यालयमा नभएको जानकारी पाए पछी सँचारकर्मीहरुलाई सम्पर्क गरी उनको र’बैयाको बारेमा बताउन थाले । कैयौं म्यूजिक भिडियोमा अभिनय गरेका वडाध्यक्ष कामतले जनप्रतिनीधिको भूमिका नि’र्वाहबाट चु’केको बताइएको छ।

यसका साथै, उनले नेपाल सरकारको अ’धिकारिक लोगो (चिन्ह) सहितको वडा कार्यालयका फेसबुक पेजमा उनको प्रचार प्रसार गरिएको पनि देखिएको छ । जनप्रतिनीधि भएपछि आम नागरिकको काम कार्य, समाजिक कार्य भन्दा पनि उनले भिडियो शु’टिँगमै व्यस्त रहँदा ज’नप्रतिनीधिको कुनै मूल्य मा’न्यता नभएको गु’नासो पनि गरिएको छ।