बिग बोसको सेटकै अगाडि दुर्घटना, बिग बोसकी ट्यालेन्ट म्यानेजरको मृ’त्यु

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको सेटकै अगाडि भएको दुर्घटनामा बिग बोसकी ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको मृ’त्यु भएको छ । शुक्रबार राती सलमान खानसँग विकेण्ड का वार सुटिङ सकेर एक्टिभा स्कुटरमा घर जान लाग्दा पिस्ता दुर्घटनामा परेकी हुन् ।

अँध्यारोका कारण पिस्ता सवार स्कुटर चिप्लिएको थियो । सडकमा भएको खाल्डोमा परेर स्कुटर ढलेपछि स्कुटरबाट लडेकी पिस्ता सडकमा थिइन् ।

त्यही बेला त्यहाँ एउटा भ्यानिटी भ्यान आउँदै थियो जसले पिस्तालाई किचेर अगाडि बढ्यो । चर्चित प्रोडक्सन हाउस एण्डेमोल इण्डियाकी कर्मचारी पिस्ताले द भ्वाइस, बिग बोस, खतरों के खिलाडी जस्ता चर्चित रियालिटी शोमा काम गरेकी थिइन् । उनको अचानक मृ’त्युले बलिउड शोकमा छ ।