बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो सुपरकप, मेसीलाई पहिलोपटक रातो कार्ड

बार्सिलोनालाई हराउँदै एथलेटिक बिल्वाओले स्पेनिस सुपरकपको उपाधि जितेको छ ।

गएराती भएको खेलमा बिल्वाओले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गर्यो ।

खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना भने उपाधिविहीन बन्न पुग्यो ।

बार्साका लागि ४० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे । तर, ४२ मिनेटमैं ओस्कार डी मार्कोसले बराबरी गोल गरे ।

दोस्रो हाफको ७७ औं मिनेटमा बार्साका लागि ग्रिजम्यानले गोल गरे ।

९० औं मिनेटसम्म पनि बार्साले अग्रता बनाइरह्यो ।

तर, ९० औं मिनेटमा एसिएर भिल्लालिब्रे गोल गरी खेलमा २–२ बराबरी गर्दै थप ३० मिनेटतर्फ डोहोर्याए ।

थप समयको तेस्रो मिनेटमैं इनाकी विलियम्ले गोल गरे र यही गोल नै निर्णायक हुन पुग्यो ।

अन्तिम समयतिर भने बार्साका कप्तना मेसीले सिधैं रेडकार्ड प्राप्त गरे ।

जुन बार्सिलोनाको करियरमा मेसीले पाएको पहिलो रेडकार्ड हो ।

यस अघि अर्जेन्टिनाबाट खेल्दा मेसीले दुईपटक रेडकार्ड पाएका थिए ।

हातले धकेलेर बिल्वाओका खेडालीलाई लडाएपछि मेसीलाई भिआरको सहयोगले सिधै रेडकार्ड दिइएको हो ।