भारतमा दिइएको कोरोना खोपले ज्वरो आउने, टाउको दुख्ने र जिउ चिलाउने लक्षण देखिए

भारतमा दिइएको कोरोनाको भ्याक्सिनले साइडइफेक्ट देखाएको छ। भ्याक्सिन लगाएका बिरामीहरुलाई ज्वरो आएको, टाउको दुखेको र जिउ चिलाउने लक्षण देखिएको बताइएको छ।

भारतीय स्वास्थय मन्त्रालयले पत्रकारसम्मेलन गरेर साइडइफेक्टका घटनाहरु दर्ता भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार जनवरी १६ र १७ मा ४ सय ४७ जनाले साइडइफेक्ट भएको बताएका छन्। यो साइडइफेक्ट भारतको केही इलाकामा देखिएको हो।

केन्द्रीय स्वास्थ्इ सचिव डा. मनोहर अगननीले बताए अनुसार अधिकांश साइडइफेक्टका घटनाहरु सामान्य स्तरका थिए। ‘यदी कसैलाई खोप लगाएपछि अस्पताल भर्ना गरिन्छ भने त्यो सिरियस घटना हो,’ डा. अगननीले भने।

अहिलेसम्म ३ जनालाई कोरोनाको खोप लगाएपछि अस्पतालमा भर्ना गर्नु परेको उनले जानकारी दिए। तीन जनामध्ये १ जनलाई नार्दन रेलवे अस्पताल, अरु दुई जना एम्स अस्पताल दिल्ली र ऋषिकेशमा भर्ना गरिएको थियो। उनीहरु तीनै जनाको अवस्था सामान्छ रहेको बताइएको छ।