घरजग्गा कारोबार हालसम्मकै उच्च स्थानमा, एक महिनामै भयो यति अर्ब राजस्व संकलन

काठमाडौं । लकडाउन पछि लगातार उकालो लागेको घरजग्गा कारोबार पुस महिनामा ह्वात्तै बृद्धि भएको छ ।

भुमि व्यवस्थापन विभागको तथ्यांक अनुसार पुस महिनामा मात्र ८० हजार घर जग्गा किनेबेच भएको छ भने ७ अर्ब राजस्व संकलन भएको छ ।

मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा जानु अघि एक महिनामा ५० देखि ५५ हजार वटा मात्र कारोबार हुने गरेको थियो ।

कारोबार र राजस्व संकलनको हिसाबले पुस महिनामा भएको घर जग्गा कारोबार इतिहासकै उच्च हो । कार्तिक महिनामा ६० हजार र मंसिर महिनामा ६५ हजार घर जग्गा किनबेच भएको थियो ।

विभागको अनुसार अहिलेसम्म सरकारले उठाएको मासिक कुल राजस्व ५ अर्ब मात्र पुगेको थियो । पुस महिनामा भएको कारोबार अहिले सम्मकै उच्च ७ अर्ब राजस्व संकलन भएको हो ।