
तपाईंको मुट्ठीले पनि व्यक्तित्व र प्रेमका बारेमा जानकारी दिन सक्छ भन्ने थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला। लौ, मुट्ठी बनाउनुस् त। ए, बी र सीमध्ये कुन बन्यो ?
टाइप ए बाहिरी व्यक्तित्व : तपाईं संवेदनशील हुनुहुन्छ। तपाईंमा कल्पनाको मात्रा प्रचूर छ। तपाईं अरूलाई सहयोग गर्न मन पराउनुहुन्छ। तपाईं जिज्ञासु हुनुहुन्छ, रमाइलो गर्नुहुन्छ र अधैर्य पनि हुनुहुन्छ।
भित्री व्यक्तित्व : तपाईं कसैले रक्षा गरिदिओस् भन्ने चाहनुहुन्छ। कहिलेकाहीँ तपाईं असाध्यै असल हुनुहुन्छ र यसैकारण तपाईंलाई अरूले उपयोग गर्छन् । सबैजना इमान्दार हुन् भन्ने तपाईं चाहनुहुन्छ।
प्रेम व्यक्तित्व : तपाईं आफ्ना भावना लुकाउनुुहुन्छ। आफ्ना अनुभूतिलाई तपाईं राम्ररी अभिव्यक्त गर्न सक्नुहुन्न।
टाइप बी बाहिरी व्यक्तित्व : तपाईं स्मार्ट, आत्मविश्वासी र आकर्षक हुनुहुन्छ । तपाईं सजिलै र छिट्टै साथी बनाउनुुहुन्छ। तपाईंमा आत्मसम्मान प्रशस्त छ। शक्तिमा बस्न तपाईं मन पराउनुहुन्छ। कठोर मेहनत गर्ने अनि लक्ष्यप्रति समर्पित हुने तपाईंको बानी छ।
भित्री व्यक्तित्व : बाहिर जस्तो भएपनि भित्रभित्रै चाहिँ तपाईं असुरक्षित महसूस गर्नुहुन्छ । केही गुमाइएला अनि असफल भइएला भन्ने डरले तपाईंलाई सताउँछ।
प्रेम व्यक्तित्व : तपाईं साह्रै धेरै सोच्नुहुन्छ। कहिलेकाहीँ चाहेर पनि तपाईं कदम चाल्न हिचकिचाउनुहुन्छ। कसैसँगको सम्बन्धमा तपाईं एक्लै बस्नुहुन्छ। पार्टनरलाई अप्ठ्यारो नपरोस् भनेर तपाईं डराउनुहुन्छ।
टाइप सी बाहिरी व्यक्तित्व : तपाईं अत्यन्त सिर्जनशील र तीखो दिमागयुक्त हुनुहुन्छ। तपाईंको बोली छुच्चो छ र तपाईं कहिलेकाहीँ भावनामा बग्ने र तत्काल निर्णय गर्ने गरिदिनुहुन्छ ।
भित्री व्यक्तित्व : तपाईं चूपचाप पीडा सहनुुहुन्छ किनकि तपाईंलाई कुरा बढाउन मन लाग्दैन।
प्रेम व्यक्तित्व : तपाईं आराम खोज्नुहुन्छ। काम बिस्तारै गर्ने र जे पर्छ त्यो टार्ने तपाईंको बानी छ। तपाईंको मुटु कमलो छ र तपाईंमाथि घात गर्नेलाई पनि तपाईं माफ गरिदिनुहुन्छ।