मोरङ्गको शनिश्चरेबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

 

उर्लावारी, । पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन।
घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र निजहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
यसरी पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ।