विजय लामा रिसले आगो हुँदै गर्जिए : ईन्जिनियर कंडेललाई दिए यस्तो चेतावनी (भिडीयो)

काठमाडौ। निकै बिबाद र बहसका बिच पाइलट तथा प्रवक्ता विजय लामा फेरी नेपाल एयरलाइन्समा फर्किएका छन् । क्यानडा नेपालका लागि पत्रकार सन्तोष निरौलासँग गरीएको एक अन्तरबार्तामा प्रवक्ता लामाले भित्र भएको गुदि कुरा नबुझि ब्यक्तिगत रुपमा आक्षेप र आरोप लगाएको बताए । उनले जनताले मात्र सत्यता खोजेको र आफुले यहि कुरालाइ उजागर गरेको बताएका छन् । अन्तरबार्तामा प्रवक्ता बिजय लामाले नेपाल एयरलाइन्स र राष्ट्रको निम्ति बोल्न आफुले अपराध गरेको हो भने अपराध नै सहि भएको बताए । यदि वाइडबडीमा भ्रष्टाचार गरेको भेटिए सरकारले अवस्य कारबाही गर्ने प्रवक्ता लामाले बताएका छन् ।

उनले जुन समयको कारण ड्बेको हो त्यहि समयले अहिले उचालेको बताएका छन् । आफुले उडान गर्दा नेपाल भन्दा रोमान्चक उडान अरु कुनै देशमा नगरेको उनले बताए । आफुले सहि ढँगबाट काम गरे कहि कतै पनि खतरा नहुने प्रवक्ता लामाले अन्तरबार्तामा बताए । ईन्जिनियर कंडेलले म त्यस्ता नाथे जहाज चढ्दिन भनेको भन्दै प्रबक्ता लामाले उहाको लागी जहाज नाथे होला तर मेरो लागी जहाज आमाबाबु भएको भन्दै ठाडो चेतावनी दिएका छन् ।

yईन्जिनियर कंडेललाइ खबरदारी गर्दै उनले भने – ” कंडेल जी तपाईै अरुलाइ गाली गर्न सक्नुहुन्छ तर नेपाल एयरलाइन्सलाई गाली नगर्नुहोस् । जहाजमा गडबडी छ छैन र यदि घटना भएको छ भने प्रमाण ल्याएर कारबाहीको दायरामा ल्याउनुस म फुलको माला लगाइदिन्छु । ” प्रवक्ता बिजय लामासंगको यो कुराकानीको पुरा भिडीयो हेर्नुहोस: