
काठमाडौं – सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार चार सय पुगेको छ । आइतबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा झरेको छ । आइतबार प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ ।
दुई दिनयता चाँदीको मूल्यमा घटबड भएको छैन । आज पनि प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।