दोलखाबाट काठमाण्डौ हिडेँको माइक्रोबस रामेछापमा दुर्घटना

रामेछाप। रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं‍. ६ सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ। दोलखाको मालुखोलाबाट काठमाण्डौ हिडेँको बा ४ ख २९८२ नम्बरको माइक्रो बस बुधबार बिहान ८ बजेतिर सेलेघाटको मोडमा ब्रेकफेल भएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतकाअनुसार दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन्। प्रहरीकाअनुसार घाइतेमध्ये ५ जनाको शुभजिवन हस्पिटल र सामुदायिक हस्पिटल खुर्कोटमा उपचार भइरहेको छ। अन्य ८ जना सामान्य उपचारपछि घर फर्केका छन्।

तस्बिर सौजन्य : रामहरी केसीको फेसबुकबाट