
काठमाडौं । नेपाल सरकारले सवारीलाई पनि इलेक्ट्रिक बनाउने योजना बनाएको छ । तर इलेक्ट्रिक सवारी भने नेपाली बजारमा त्यति धेरै छैन । तर विभिन्न कम्पनिहरुले चार पांग्रे र दुई पांग्रे सवारीहरु पनि ल्याउन थालेको छ ।
यहा हामी त्यस्तै एक इलेक्ट्रिक स्कुटरको बारेमा जानकारी दिएका छौ । चाइनिज ब्राण्ड बिङलिङको इलेक्ट्रिक स्कुटर विगत एक वर्ष देखि नेपाली बजारमा उपलब्ध रहेको छ । यस स्कुटरको मुख्य विशेषता भनेको बिना पेट्रोल विद्युतीय माध्यमबाट चल्नु नै हो । अन्य विशेषताको कुरा गर्नु पर्दा, यसमा ६ वटा ब्याट्री रहेको छ । जसलाई चार्ज गर्न ४ देखि ६ घण्टा लाग्ने छ । एक पटक चार्ज गरिएको ब्याट्रीले करिब १०० किलोमिटरको यात्रा तय गर्न सकिनेछ । ब्याट्री फुल चार्ज हुदा मात्र दुई युनिट बिद्युत खपत हुने कम्पनिले जनाएको छ ।
कम्पनिले यस स्कुटरमा रहेको ब्याट्रीमा एक वर्षको ग्यारेन्टी र पार्ट्समा २ वर्षको ग्यारेन्टी समेत दिएको छ । नेपाली बजारमा यसको मूल्य एक लाख तिस हजार रुपैया तोकिएको छ । यो स्कुटर किन्दा अर्को राम्रो कुरा भनेको यातायातमा गएर दर्ता गर्ने र करहरु तिर्नु पर्ने झन्झट हुने छैन । अझ यो स्कुटर चलाउनलाई लाइसेन्स समेत चाहिदैन ।
प्रदुषण फ्री र बिना कुनै कागजी झन्झटबाट मुक्त हुन् यो स्कुटर राम्रो विकल्प हुन सक्छ ।