ओली सरकारले बढायो वृद्ध भत्ता, अब ३ हजार पाउने

काठमाडौं। सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमा एक हजार वृद्धभत्ता बढेको घोषणा गरेका हुन् ।

अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ पाउने छन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् ।