अस्ट्रेलियामा रोएका नेपालीलाई नबिनाले दिइन् गतिलो जवाफ !

काठमाडौं। आज अस्ट्रेलिया गएका हाम्रो दाजुभाइ दिदिबहिनी रोएको देखेर सारै दया लग्यो । हामीले भाडा माझ्न पर्छ रे , अरे बाबा आफ्नो स्वार्ग जस्तो देश छोडेर पैसा कमाउन गए पछि भाडा माझ्न पर्यो भनेर रोइ कराइ गरेर हुन्छ , आमाले लौ न नानी बाबू यसो काम सघाइदेउ भन्दा हातमा मोबाइल लिएर बस्ने तिमीहरु अहिले दुख भयो भन्दै आँसु चुहाएको अलि सुहाएन , फेरि हुने खानेका छोराछोरी नै हुन ठुला ठुला देश जाने करले होइन रहरले गएका हुन ।

अरुलाइ देखाउन गएका हुन । नत्र हामी जस्तो गरिब त खाडीमा छौ खोइ खाडीको चर्को घामले भतभति पोल्दा पनि आफ्नो पीडा घरमा आमा बाबा श्रीमती कसैलाई सुनाउदैनन ,किनकि सुखले मात्तिएर जानेले हो , पीडा सहन नसक्ने दुखमा जिन्दगी गुजारेकाले त हरेक पीडा संग लडेर चुहिएको घरको छानो र आमाको फाटेको चोली फेर्ने सपना सजाएर मेहनत गरिरहेका हुन्छन । रबि दाइ एकदमै सहि लाग्छ ।

उहालाई नराम्रो भन्न कसैले सुहाउँदैन। तर अस्ट्रेलिया गएर त्यो कार्यक्रम चलाउनु भन्दा एकपटक खाडी गएको भए कति राम्रो हुने थियो । तर आसा राख्छौ अबश्य जानुहोला रबि दाइ , किनकि खाडीमा हाम्रो हरेक युवा दाजुभाइको जवानी लुटिएको छ । अस्ट्रेलिया जाने भनेको धनिका छोराछोरी हुन । जसले 12 पास गरेर अस्ट्रेलिया को सपना देख्न सुरु गर्छन , जसले घरमा आफुले खाएको थाल समेत नमाझी आमालाई माझ्न लगाउने गर्थे ।

अनि अहिले भाडा माझ्न पर्यो भनेर गुनासो गर्दै छन , अरे म के हो , म को हु , मैले के गर्न सक्छु , मैले के गर्दा उचित हुन्छ भनेर फरक छुटाउन नसक्ने अस्ट्रेलिया गए पछि दुख नपाए के पाउँछन् त , अब रोएर होइन दाजुभाइ दिदिबहिनी संघर्ष गरेर अगाडि बढ मेहनतको फल एकदिन अबश्य पाउछौ , तर यसरी रुने धुने काम नगर है त तिमी दुखले होइन 50 लाख डुव्यो भन्ने पिरले रोएका हौ ।

किनकि दुख के हो तिनलाई सोध जसले खाना खान नि पाउदैनन जसको पिर नगर म छु भन्ने साथमा आमा बाबा पनि हुदैन , तिमीहरु त भाग्यमानी हौ , भित्र बसि बसि भाडा माझेका छौ खाडीमा चर्को घामले मेरा दाजुभाइको लास कति बेला नेपाल फर्किन्छ थाहा हुदैन । काम ठुलो सानो हुदैन सोच चाहिँ ठुलो सानो हुदो रहेछ। अस्ट्रेलिया गएकाले दुख पाए भनेर रोएर आफ्नो बेइज्जत आफै गरेका छन।