न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेन सोलुखुम्बुमा (फोटो)

सोलुखुम्बु । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्क सोलुखुम्बु पुगेकी छन् । हिमालयन ट्रष्टले गरेका विभिन्न कामको अवलोकनका लागि उनी सोलुखुम्बु पुगेकी हुन् । ट्रष्ट पहिलो सगरमाथा आरोहीमध्येका एक सर एडमण्ड हिलारीले स्थापित गरेका थिए । ट्रष्टले सोलुखुम्बुका विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री हेलेन हिमालयन ट्रष्टबाट सोलुखुम्बुको माथिल्लो भेगमा निर्माण भएका अस्पताल, विद्यालय, गुम्बा र खानेपानी आयोजनालगायतका कामको अवलोकनमा गरेकी दूधकुण्ड नगरपालिकाले जनाएको छ । हेलेन हिमालयन ट्रष्टकी संरक्षक सदस्य हुन् । विभिन्न क्षेत्रका कामको अवलोकनपछि उनले सोलुको विकासका लागि न्युजिल्याण्ड सरकारले निरन्तर सहयोग गर्ने बताइन् ।

दूधकुण्ड नगरपालिकाका जनप्रतिनिधिसँग भेटवार्ता गरेकी हेलेनले सोलुको तल्लो भेगमा पनि सहयोगलाई बिस्तार गर्ने घोषणा गरेकी नगरपालिका प्रमुख नाम्ग्याल जाङ्बु शेर्पाले बताए । उनले झन्डै १२ दिन सोलुका विभिन्न क्षेत्रको अवलोकन गरेकी थिइन् । ६९ वर्षीय हेलेन न्युजिल्याण्डकी ३७ औँ प्रधानमन्त्री हुन् ।


(नागरिकखबर)