
काठमाडौँ । केही वर्ष अगाडी प्रर्दशन भएको फिल्म ‘चपली हाइट’ की अभिनेत्री बीनिता बराल विवाह बन्धनमा बाधिएकी छन् । केही समयदेखि अमेरिका बस्दै आएकी बीनिताले अमेरिका निवासी तिलक पौडेलसँग विवाह गरेकी हुन् ।
अमेरिकामा रहँदा तिलकलाई भाइ भन्ने गरेकी बीनिताले भाइ भनिएका तिलकसँग विवाह गरेपछि उनी निकट रहेका आफन्तहरु पनि चकित परेका छन् । तिलकसँगको प्रेममा ४ वर्षदेखि रहेकी बीनिताले विवाह बन्धनमा बाँधिएको तस्वीर आफ्नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् ।
फिल्म क्षेत्रमा नै सक्रिय हुने आश गरिएकी उनी अमेरिका गएर एका एक अग्रानिक खेती गर्न तर्फ लागेपछि उनको चौतर्फी रुपमा प्रसंसा भएको थियो । यद्यपी उनी अध्यनको लागि भनेर अमेरिका गएकी थिइन् ।