
रुकुम पश्चिममा बीभत्स तरिकाले हत्या महिलाको ह’त्या गरि जंगलमा फालेको आराेपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ । चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा ५५ वर्षीया देवकला घर्तीलाई ह’त्या गरि फालेको आराेपमा साेहिका २३ बर्षका दिपेन्द्र पुनलाई प’क्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक कपिल शाहीले बताए ।
बीभत्स तरिकाले ह’त्या गरि अत्यन्तै रहस्यमय बनेको उक्त घटनाको प्रहरीले गहिरो ढंगले अनुसन्धान गरेको थियोे ।सुरुमा प्रारम्भिक अध्ययन बाट प्रहरीले उक्त घटना बला’त्कारपछि ह’त्या भएको हुन सक्ने अनुमान गरेकाे थियोे ।तर प्रहरीले अनुसन्धानको क्रममा घटनाको कारणले आर्थिक लेनदेन भएको फेला पारेको छ ।
यसरी घटेकाे थियोे घटना
आराेपित दिपेन्द्र बाट दुई बर्ष अगाडि देवकलाले चारहजार रुपैया सापटी लिएकी थिइन ।माघ २६ गते देबकला सामान किनेर बजार बाट घर फर्कदै थिइन ।त्यहि क्रममा दिपेन्द्र र देवकलाकाे बाटोमा जम्का भेट भयो ।साँझ पर्दै थियो ।करिव साँझ ६:३० बजेको समयमा दिपेन्द्रले मदिरा सेवन गरेका थिए ।त्यही क्रममा फूपू नाता पर्ने देबकलाई दुई बर्ष अगाडि सापटी दिएकाे चार हजार रुपैया मागे ।
तर मृतक देबकलाले म दिदैन तेराे पैसा पच भयो भनिन् । याे सुन्ने बित्तिकै दिपेन्द्रले ढुंगा टिपेर टाउकोमा हिर्काए ।देबकला भुइमा ढलिन। फेरि दिपेन्द्रले त्यहि ढुंगा टिपेर कुटे त्यसपछि उनको त्यहि निधन भयो अभियुक्त दिपेन्द्रले देबकलाकाे धराेले श’व घिसार्दै जंगल तिर मान्छेले नदेख्ने गरि खसाले ।
यति घटना घटाइ सकेपछि उनी ढुक्कसँग घर हिडे ।अभियुक्त दिपेन्द्र स्थानीय ढुङ्गा खानीमा मजदुरी गर्थे ।घरमा देबकला नआएपछि आफन्त ,परिवार सबैले खाेजतलास गरे।तर देबकला हराएको करिब तिन दिन पछि स्थानीयले श’ब भेटाएर प्रहरीलाई खबर गरे ।उता ह’त्याका अभियुक्त ढुक्कसँग घरमै थिए ।रहस्यमय घटनाले स्थानीयबासी र प्रहरीलाई अभियुक्त प’क्राउ गर्न निकै चुनाैति थियो ।
झट्ट हेर्दा याे घटना बैतडीकि भागरथि भट्टकै प्रकृतिको थियो ।उनको धोती (साडी), माला, चप्पल, चुरा लगायतका सामान भेटिएका थिए भने कम्मर मुनिकाे कपडा खुल्ला गरिएकाले बला’त्कार पछि ह’त्या गरेको जस्तै थियोे ।तर रुकुम पश्चिम प्रहरीले अत्यन्तै मेहनतका साथ अभियुक्तलाई प’क्राउ गर्याे । प्रहरीले श’व फेला परेको केही घण्टामै दिपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।घटनाकाे प्रकृति चुनाैतिपुर्ण नै थियो हामीले गहिरो अनुसन्धान गरेर अभियुक्तलाई प’क्राउ गर्न सफल भयो ,जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक कपिल शाही भन्छन् ।