परेला कम झिम्क्याउनुहुन्छ भने हुनसक्छ यस्तो खतरनाक रोगको संकेत

एजेन्सी। आँखा विशेषज्ञका अनुसार, सामान्यतया एक मानिसले एक मिनेटमा १० चोटि परेला झिम्क्याउँछ । तर तपाईं यसभन्दा बढी वा कमपटक परेला झिम्क्याउनुहुन्छ भने सचेत हुन जरूरी छ।

कम्प्युटरमा लामो समयसम्म काम गर्ने मानिस वा टीभी र मोबाइल धेर हेर्ने मानिस परेला कम झिम्क्याउँछन्। परेला कम झिम्क्याउनु आँखाका लागि खतरनाक हुन्छ र रोग निम्त्याउँछ । आँखा सुक्खा हुने समस्या यसले निम्त्याउँछ।

स्वस्थ आँखाका नानी जहिले पनि गिलो देखिन्छन्। आँखाको नानीमा विशेष किसिमको तरल हुन्छ जसले लुब्रिकेन्टको काम गर्छ। परेला झिम्क्याउँदा त्यो लुब्रिकेन्ट नानीमा मज्जाले फैलिन्छ र त्यसलाई गिलो राखिरहन्छ। तर परेला कम झिम्क्याइयो भने लुब्रिकेन्ट सही तरिकाले आँखामा फैलिँदैन । अनि आँखा सुक्खा हुन्छ।

आँखा सुक्खा हुनु निकै हानिकारक हुन्छ। यसले गर्दा आँखामा आँसु कम बन्छ र तिनको दृष्टि पनि घट्छ । आँसुले आँखाको कोर्निया र कन्जक्टाइभालाई गिलो राखेर सुक्खा हुन दिँदैनथियो।

हाम्रो आँखामा एउटा टीयर फिल्म हुन्छ जसको सबभन्दा बाहिरी पत्रलाई लिपिड वा ओइली लेयर भनिन्छ । यही लिपिड लेयर आँसु धेर बगाउन, गर्मीमा वा धेरै हावा चल्दा आँसु सुक्न वा उड्न कम गर्छ।

लिपिडले नै परेलामा चिल्लोपना दिन्छ जसले गर्दा परेला झिम्क्याउन सजिलो हुन्छ।

लामो समयसम्म कम्प्युटरमा काम गर्दा वा धेर टीभी हेर्दा वा निरन्तर एयर कन्डिसनमा बस्दा आँखाको टीयर फिल्म प्रभावित हुन्छ र आँखा सुक्न थाल्छ । त्यसलाई ड्राई आई सिन्ड्रोम भनिन्छ।

ड्राई आई सिन्ड्रोम हुँदा आँखा पोल्छ, घोचेको जस्तो हुन्छ, चिलाउँछ, भारी रहन्छ र आँखा रातो हुन्छ।

यसलाई बेवास्ता गरेमा दृष्टि नै गुम्न सक्छ । त्यसैले बारम्बार आँखा झिम्क्याउने गर्नुपर्छ।