नियमित घट्दै सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?

काठमाडौ नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिबार प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मुल्य आज प्रतितोला ८५ हजार १५० रुपैंया रहेको जनाइएको छ । त्यस्ते आज  चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैंयाले घटेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।