
काठमाडौं । सरकारले जोखिममा परेका सुत्केरीको तत्कालै उद्धार गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसको लागि २२ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी गराउनु भएको छ ।
मन्त्री खतिवडाले सडकमा माग्नेहरुलाई नियन्त्रण गरिने बताउनु भएको छ ।
‘बेसहारा, अशक्त र अपाङ्गता भएका सडकमा रहेकाहरुलाई कानुन बनाएर उनीहरुको संरक्षकलाई जिम्मा लगाइने छ’ बजेटमा उल्लेख छ ।
त्यसको लागि ६४ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको उहाँले जानकारी गराउनु भयो ।