धुर्मुश मिडियामा रुँदा मुकुन्दे खुसी ! रमाउँदै दिए यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको छ । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काए हो ।

स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार लगाएत केहि संरचना भत्काइदिएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् ।

ति ब्यक्तिहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको जनाएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।

यस विषयमा भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देले आफ्नो फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै :-

“स्थानीयले कुटेर खेदे भन्ने निहुँ भयो, मागेको ३ अर्ब रुपैयाँ झगडाको बीउ भयो, उठेको ४/५ करोड लिएर भाग्दै छन्, जुन बाटो आएका थिए त्यही बाटो लाग्दै छन्, नहुने काममा जानीजानी हात हाले, ४/५ करोडका लागि सुंगुर पाल्नेहरुले जात फाले।”