यी हुन मनकारी नेकपाका वडा अध्यक्ष, जसले गरिब जेहेन्दार विद्यार्थीहरुलाई साईकल वितरण गरे

बारा। बारा निजगढ नगरपालिका ४ नं. वडाका परोपकारी मनकारी अध्यक्ष जयराम कुमरले विद्यार्थीहरुलाई पढन जान गारो भयो भनेर सहजहोस भनेर ९ थान साईकल गिरब तथा जेहेन्दान विद्यार्थीहरुलाई वितरण गर्नुभयो ।

निजगढ नगरपालिका ४ नं. वडा कार्यालयले आयोजना गरेको सो साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर लामिछानेले निजगढलाई स्मार्टसिटीको रुपमा विकास गर्न भौतिक रुपमा मात्र विकास गरेर सम्भव नहुने बताउनुभयो । उहाले छात्रालाई शिक्षामा अघि बढाउन प्रोत्साहान गर्नुपर्ने बताउनुभयो ।

निजगढ नगरपालिका ४ नं. वडाका अध्यक्ष जयराम कुमरले माध्यमिक तह अध्ययन गर्न घरबाट टाढा रहेको विद्यालयमा जान सहज होस् भनेर साईकल वितरण गरिएको बताउनुभयो । बिगतका वर्षदेखि सुरु गरिएको साईकल वितरणलाई आगामी वर्ष पनि निरन्तरता दिईने बताउनुभयो ।

टोल बिकास सस्था लगायत अन्य संघ सस्थाको सहयोगमा र वडा कार्यालयको पहलमा कक्षा ११ मा अध्ययनरत ९ जना गरिब जेहेन्दार विद्यार्थीलाई साईकल वितरण गरिएको हो । सो कार्यक्रममा उपमेयर लिला देबि लामिछाने, वडा अध्यक्ष जयराम कुवर, तथा वडा सदस्य कृतिबहादुर भण्डारीले साईकलको चाबी र सोही वडाका लेखक अजय कुमार उप्रेतीद्धारा लिखित सामान्य ज्ञान सम्बन्धि पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा सचिव सोमसिंह लामा, शहीद हिरालाल तेक्वान्दो डोजाड्ड प्रमुख लोकबहादुर खुलाल, शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष सन्तोष ज्ञवाली, हिरालालटोल टोल विकास संस्थाका अध्यक्ष विशन सापकोटा, नमुनाटोल टोल टोल विकास संस्थाका अध्यक्ष विगुलाल धामी, समाजसेवी अमर स्याड्डतान, उपमेयरका स्वकीय सचिव थानेश्वर सापकोटा, पत्रकार महेश्वर अधिकारी ,शिवराज अधिकारी, शिछक लोक ब खुलाल लगायको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चन्दन कुमरले गर्नुभएको थियो ।

हेरौ साईकल बितरण गरिएको भिडियो: