मानसिक रोगी भएपनि कारण नभई आ*त्मह*त्या हुन्न : मनाेविद् तृष्णा घोष

काठमाडौँ। चिकित्सक मनोविद तृष्णा घोष विष्टले पछिल्ला दिनमा समाजमा सामाजिक विचलन बढ्दै जानुमा विभिन्न घटनाक्रमसँगै मिडिया पनि जिम्मेवार रहेको बताउनुभएको छ । कलिलै उमेरमा आत्महत्या, आफ्नै आमा, बाबु, दाजु, दिदीभाइको हत्या, व्यक्तिका आत्महत्या लगायत कतिपय घटना बढ्नुको कारणबारे नेपाल आजले लिएको अन्तर्वार्तामा उहाँले समाजमा पछिल्ला दिनमा यस किसिमका घटना घट्नुमा बायोलोजिकल, साइकोलोजिकल तथा सोसियल फ्याक्टरले काम गरिरहेको बताउनुभयो ।

‘हामीले विभिन्न प्रकृतिका विरामी जाँच गर्दा विभिन्न फ्याक्टरले काम गरेको पाउँछौँ । यसबारे विस्तृत परीक्षणपछि मात्र सबै थाहा हुन्छ । ’’ बाहिर निकै जिम्मेवार रहेका काम पद प्रतिष्ठा आर्जन गरिरहेका व्यक्ति एक्कासी आत्महत्या वा मृत्यु रोज्नुका कारण लगायतबारे जानकारी लिन नेपाल आज युनिटले उहाँसँग समन्वय गरेको हो ।

मनोशास्त्र काउन्सिलिङ केन्द्रमा कार्यरत घोषले पछिल्ला दिनमा समाजले नै नपत्याउने अपत्यारिला घटना बढ्नु र व्यक्ति मानसिक रोगी बन्नुको केही न केही कारण हुने बताउनुभयो । उपचार पाउनेले त्यस्ता कारणबारे डाक्टरहरुसँग भन्ने सार्वजनिक गर्ने गर्छन भने नपाउनेले सामाजिक सञ्जालमार्फत कुण्ठाको रुपमा व्यक्त गर्ने गरेको उहाँको भनाई छ ।

समाजका विभिन्न घटनाक्रमसँगै पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा शालिकरामले आ*त्मह*त्या गरेको विषयबारे सोधिएको प्रश्नमा उहाँले हावा नचली पात नहल्लने भन्दै छानबिन गरेर सम्बन्धित निकायले यथार्थ सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उनै चिकित्सक मनोविद् तृष्णा घोष विष्टसँगको कुराकानी जस्ताको तस्तै :